हिब्रू 11:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 विश्वासैद्वारा अब्राहामले उनलाई जानू भनेको ठाउँमा आज्ञाकारी भएर गए, जुन ठाउँ पछिबाट मात्रै उत्तराधिकारको रूपमा प्राप्त हुनेवाला थियो। यद्यपि तिनी कहाँ जानुपर्ने हो, सो थाहा थिएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 विश्वासद्वारा अब्राहामले आज्ञापालन गरे, र जाऊ भनेको ठाउँतिर गए, जुन ठाउँ उत्तराधिकारको रूपमा उनले पछि पाउनेथिए, यद्यपि उनी कतातिर गइरहेका थिए, त्यो उनलाई थाहा थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 विश्वास गरेर नै अब्राहामले परमेश्वरले भन्नुभएको माने। परमेश्वरले उनलाई बोलाएर आफूले प्रतिज्ञा गर्नुभएको देशमा जानू भनेर अह्राउनुभयो। कहाँ जाने थाहै नभई उनी आफ्नो देश छोडेर हिंडे। Viz kapitolaपवित्र बाइबल8 परमेश्वरले अब्राहामलाई अर्कै ठाउँको यात्रा गर्न अह्राउनु भयो जुन उहाँले उनलाई दिने वचन दिनुभएको थियो। त्यो अर्को ठाउँ कुन हो र कहाँ छ, त्यसको ज्ञान अब्राहामलाई थिएन। तर परमेश्वरको आज्ञा मानेर उनले यात्रा शुरू गरे किनकि उनको विश्वास थियो। Viz kapitola |