हिब्रू 11:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 विश्वासैद्वारा अब्राहामले, तिनको परमेश्वरद्वारा जाँच हुँदा इसहाकलाई बलिदानको रूपमा चढाइहालेका थिए। अब्राहाम, जसले प्रतिज्ञालाई अँगालेका थिए, तिनैले आफ्नो एउटै पुत्रलाई बलिदान चढाउन तयार भएका थिए; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 विश्वासद्वारा आफ्नो परीक्षा हुँदा अब्राहामले इसहाकलाई बलि चढ़ाए। उनले प्रतिज्ञाहरू पाएका थिए, तापनि आफ्नो एउटै छोराको बलि चढ़ाउन उनी तयार भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 परमेश्वरले अब्राहामको जाँच गर्नुहुँदा विश्वासकै भरमा अब्राहाम आफ्ना छोरा इसहाकलाई बलिदान गर्न तयार भए। परमेश्वरले अब्राहामलाई नै प्रतिज्ञा गर्नुभएको थियो, तर पनि अब्राहाम आफ्नो एउटै छोरालाई बलिदान चढाउन राजी भए। Viz kapitolaपवित्र बाइबल17-18 अब्राहामको विश्वासको परीक्षा लिन परमेश्वरले उनलाई इसहाकको बलि दिन भन्नुभयो। अब्राहामले विश्वासले त्यसो गरे। उनलाई परमेश्वरले प्रतीज्ञा गराउनुभएको थियो। परमेश्वरले अब्राहामलाई पहिल्यै भन्नुभएको थियो “इसहाकबाटै तिम्रा सन्तान बढ़ने छन्।” तर, अब्राहाम आफ्नो एक मात्र छोरोको बलि दिन तयार थिए। उनले विश्वासले यसो गरे। Viz kapitola |