हिब्रू 1:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 स्वर्गदूतहरूमध्ये कसलाई चाहिँ परमेश्वरले कहिल्यै यसो भन्नुभयो: “तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु?” अथवा फेरि, “म तिनका पिता हुनेछु, र तिनी मेरा पुत्र हुनेछन्?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 “तिमी मेरा पुत्र हौ, मैले नै आज तिमीलाई जन्माएको छु” भनी के कुनै स्वर्गदूतलाई परमेश्वरले कहिल्यै भन्नुभयो? र फेरि, “म तिनका पिता हुनेछु, र तिनी मेरा पुत्र हुनेछन्” भनी कुनै स्वर्गदूतलाई कहिल्यै भन्नुभयो? Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 परमेश्वरले कुनै स्वर्गदूतलाई यसो भन्नुभएन, “तिमी मेरा पुत्र हौ, आज मैले तिमीलाई जन्माएको छु।” फेरि के कुनै स्वर्गदूतको बारेमा यसरी भन्नुभएको छ र, “म तिनका पिता हुनेछु, तिनी मेरा पुत्र हुनेछन्।” Viz kapitolaपवित्र बाइबल5 परमेश्वरले यी कुरा कुनै पनि स्वर्गदूतहरूलाई भन्नुभएको थिएन: “तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता बनेको छु।” उहाँले कुनै स्वर्गदूतलाई यो कुरो भन्नु भएन, “म तिनका पिता बन्नेछु र तिनी मेरा पुत्र बन्नेछन्।” Viz kapitola |