हाग्गै 2:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर अहिले ए यरुबाबेल, साहस गर्,’ भनी याहवेह भन्नुहुन्छ। ‘ए यहोसादाकको छोरा, प्रधान पुजारी यहोशू साहस गर्। यस देशका सबै बाँकी रहेका मानिसहरू हो, साहसी होओ, र काम सुरु गर,’ याहवेह घोषणा गर्नुहुन्छ। ‘किनकि म तिमीहरूको साथमा छु,’ सेनाहरूका याहवेह भन्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 परमप्रभु भन्नुहुन्छ, ‘तर अब हे यरुबाबेल, साहस गर्, र हे यहोसादाकको छोरो प्रधान पूजाहारी यहोशू, साहस गर्।’ परमप्रभु भन्नुहुन्छ, ‘देशका सबै प्रजा हो, साहस गर, काम सुरु गर। किनकि म तिमीहरूका साथमा छु’ भनी सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तर, अब तिमीहरू कोही पनि हताश नहोओ। काम गर किनभने म तिमीहरूको साथमा छु। Viz kapitolaपवित्र बाइबल4 तर यरूबाबेल, अब तिमी साहसी बन! परमप्रभु यसो भन्नु हुन्छ, ‘यहोसादाकका छोरा महायाजक यहोशू, तिमी पनि साहसी बन अनि सबै जातिका मानिसहरू तिमीहरू पनि साहसी बन!’ परमप्रभु यसो पनि भन्नु हुन्छ। ‘काम गर! किनभने म तिमीहरूसँग छु।’” परमप्रभु सर्वशक्तिमान यसो भन्नुहुन्छ। Viz kapitola |