हबकूकको पुस्तक 3:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 हे याहवेह, मैले तपाईंको कीर्ति सुनेको छु; हे याहवेह, म तपाईंका कामहरूद्वारा अचम्मित भएको छु! हाम्रो समयमा पनि त्यस्ता कामहरू फेरि गर्नुहोस्; हाम्रो समयमा ती कार्यहरू फेरि प्रकट गर्नुहोस्। तपाईंको क्रोधमा आफ्नो दया सम्झनुहोस्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 हे परमप्रभु, मैले तपाईंको कीर्ति सुनेको छु। हे परमप्रभु, तपाईंका कार्यहरू देखेर म छक्कै पर्छु। हाम्रो दिनमा ती नयाँ गरी देखाउनुहोस्, हाम्रो समयमा ती जान्न दिनुहोस्। क्रोधमा कृपा गर्नुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 हे परमप्रभु! मैले तपाईंको कामको बारेमा सुनेको छु र म अचम्मित भएँ। तपाईंले गर्नुभएका ती महान् कार्यहरू हाम्रो समयमा अब फेरि गर्नुहोस्। रिसाउनुहुँदा पनि हामीप्रति कृपालु हुनुहोस्। Viz kapitolaपवित्र बाइबल2 हे परमप्रभु, मैले तपाईंको बिषयमा सुनें अनि आश्चर्यले पूर्ण भएँ। हे परमप्रभु! बिगतमा जुन महानकार्यहरू गर्नु भयो म त्यसमा छक्कपरें। अब म तपाईंलाई हाम्रो समयमा पनि यस्तो महान कार्य गर्नुहोस् भनि प्रार्थना गर्छु। म तपाईसँग बिन्ति गर्छु कि यो हाम्रो दिनहरूमा ती कुराहरू हुन दिनुहोस् तर जब तपाईं क्रोधित हुनुहुन्छ तब हामीमाथि पनि दया देखाउन याद राख्नु होस्। Viz kapitola |