उत्पत्ति 50:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 ‘मेरा पिताले मलाई शपथ खान लाउनुभयो, र भन्नुभयो, “मेरो मृत्यु हुन लागेको छ; मलाई कनान देशमा मैले आफूले बनाएको चिहानमा गाड्नू।” अब मलाई आफ्ना पितालाई गाड्न जान दिनुहोस्; त्यसपछि म फर्कनेछु।’ ” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 मेरा बुबाले मलाई यसो भनेर शपथ खान लाउनुभयो: ‘म मर्न लागेको छु। कनान देशमा म आफैले खनेर बनाएको मेरो चिहानमा मलाई गाड्नू।’ यसकारण कृपा गरी गएर मेरा बुबालाई त्यहीँ गाड़ेर फर्किआउन पाऊँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 ‘मेरो बुबाले मर्ने बेलामा आफूले कनान देशमा बनाएको चिहानमा उनलाई गाड्नू भनी मलाई प्रतिज्ञा गर्न लाएका थिए र बुबालाई गाड्न जाने आज्ञा मलाई दिइयोस् र काम सकेर म फर्की आउनेछु’।” Viz kapitolaपवित्र बाइबल5 ‘मेरा बाबुको मृत्यु हुनअघि, मैले तिनलाई एउटा वचन दिएको थिएँ। मैले प्रतिज्ञा गरेको थिएँ म तिनलाई कनान भूमिमा दफन गर्नेछु। त्यो उनले आफ्नो निम्ति तयार पारेको ओडार हो। यसर्थ मेरा बाबुको अन्तिम संस्कार गर्न मलाई त्यहाँ जानु दिनु होस्। त्यसपछि म तपाईं कहाँ फर्केर आउने छु।’” Viz kapitola |