उत्पत्ति 50:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 जब तिनीहरू यर्दनको छेउमा भएको आतादको खलोमा पुगे, तब तिनीहरूले धेरै बेरसम्म भारी विलाप गरे; अनि त्यहाँ योसेफले आफ्ना पिताको निम्ति सात दिनसम्म शोक गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 जब तिनीहरू यर्दननेरको आतादको खलामा आइपुगे, तब तिनीहरूले साह्रै अफसोस गरेर रुवाबासी गरे। अनि त्यहाँ योसेफले सात दिनसम्म आफ्ना बुबाको निम्ति विलाप गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 जब तिनीहरू यर्दन नदीको पूर्वपट्टि आतादको अन्न कुट्ने ठाउँमा आइपुगे, तब तिनीहरूले धेरै बेरसम्म ठूलो सोरले विलाप गरे अनि योसेफले सात दिनसम्म विलापको रीतिथितिको काम पूरा गरे। Viz kapitolaपवित्र बाइबल10 तिनीहरू यर्दन नदीको पूर्व गोरेन आतादमा गए। तब तिनीहरू यर्दन नदीको पूर्वतिर आतादको खलामा पुगे। तिनीहरूले एउटा ठूलो अनि शोकपूर्ण अन्तिम संस्कार गरे। अनि त्यहाँ यूसुफले सात दिनसम्म आफ्नो बुबाको मृत्यु शोक पालन गरे। Viz kapitola |