उत्पत्ति 48:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 म पद्दनबाट कनान देशमा फर्कंदै गर्दा हामी एप्राताबाट अलि पर हुँदा नै राहेलको मृत्यु भयो। यसकारण मैले ठूलो शोकसहित तिनलाई त्यहाँ एप्रात (अर्थात् बेथलेहेम) जाने बाटोमा गाडे।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 किनभने म पद्दन-आरामबाट आउँदा एप्रातमा पुग्न अझ केही टाढ़ा छँदै कनान देशमा राहेल मरिन्, र एप्रात, अर्थात् बेथलेहेममा जाने बाटैमा मैले तिनलाई गाडें।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तेरी आमा राहेलको कारणले म यो सबै गर्दै छु। मलाई ठूलो शोकमा डुबाएर कनान देशमा एप्रातको नजिक ऊ मरी। त्यस बेला म पद्दन-आरामबाट फर्किरहेको थिएँ। उसलाई मैले एप्रात जाने बाटोको किनारमा गाडें।” (एप्रातलाई आजकाल बेथलेहेम भनिन्छ।) Viz kapitolaपवित्र बाइबल7 पद्दनआरामबाट यात्रा गेरपछि राहेलको मृत्यु भयो जसले मलाई अत्यन्तै शोकाकुल पार्यो। तिनी कनानमा मरिन् हामीहरू अझै एप्रातपट्टी यात्रा जारी राख्यौ। मैले तिनलाई एप्राततिर जाने बाटो छेउमा गाडें। (एप्रात नै बेतलेहेम हो)” Viz kapitola |