उत्पत्ति 47:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 उनीहरूले फारोलाई यो पनि भने, “कनानमा अनिकाल ज्यादै छाएकोले हामी केही समयको लागि यहाँ बस्नलाई आएका छौँ; किनकि तपाईंका सेवकहरूका बगाल चराउने ठाउँ छैन। यसकारण, अब दया गरी तपाईंका सेवकहरूलाई गोशेनमा बसोबास गर्न दिनुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 उनीहरूले फारोलाई अझै भने, “हामी यस देशमा बसोबास गर्न आएका छौं, किनकि कनान देशमा घोर अनिकाल परेको हुनाले हजूरका दासहरूलाई भेड़ाबाख्रा चराउने ठाउँ भएन। अब बिन्ती छ, कि हामी हजूरका दासहरूले गोशेन प्रदेशमा बसोबास गर्ने अनुमति पाऔं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 “हामी यस देशमा बास गर्न आएका छौं किनभने कनान देशमा साह्रै ठूलो अनिकाल परेकोले हाम्रा गाई-वस्तुले चरण पाएनन्। हामीहरूलाई गोशेन प्रदेशमा बस्ने अनुमति दिनुहोस्।” Viz kapitolaपवित्र बाइबल4 तिनीहरूले फिरऊनलाई भने, “कनान देशमा अनिकालको घोर प्रकोप परेको छ। हाम्रा पशुहरूको निम्ति त्यहाँ कुनै भूमिमा घाँस छैन। यसर्थ हामी यस भूमिमा बस्न भनी आएका छौ र तपाईलाई अनुमतिको निम्ति बिन्ती गर्छौ।” Viz kapitola |