उत्पत्ति 47:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 तैपनि तिनले पुजारीहरूका जमिनचाहिँ किनेनन्; किनकि तिनीहरूले फारोबाट तोकिएका भोजनको आफ्नो भाग नियमित पाउँथे। फारोले तिनीहरूलाई दिएका भागबाट तिनीहरूका निम्ति पर्याप्त भोजन प्राप्त गर्दथे। त्यसैले गर्दा तिनीहरूले आफ्ना जमिन बेचेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तर पूजाहारीहरूका जग्गाजमिन तिनले किनेनन्, किनभने पूजाहारीहरूलाई फारोबाट अन्नको हिस्सा तोकिएको थियो, र फारोले दिएकै हिस्साबाट तिनीहरूले खान्थे। त्यसकारण तिनीहरूले चाहिँ आफ्ना जग्गाजमिन बेच्नुपरेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 खालि पूजाहारीको जमिन मात्र तिनले किनेनन्। तिनीहरूले जमिन बेच्नुपरेन किनभने तिनीहरूलाई राजाले जीविकाको लागि केही खर्च दिन्थे। Viz kapitolaपवित्र बाइबल22 पूजाहारीहरूको भूमि मात्र यूसुफले फिरऊनको निम्ति किनेनन्। पूजाहारीहरूले आफ्नो भूमि बेच्न परेन कारण तिनीहरूको कार्यको निम्ति फिरऊनले तिनीहरूलाई पैसा दिन्थे। यसर्थ अन्न किन्दा तिनीहरूले त्यही पैसा खर्च गरे। Viz kapitola |