Online Bible

- Reklamy -




उत्पत्ति 47:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 जब त्यो वर्ष बित्यो, तब दोस्रो वर्ष उनीहरू योसेफकहाँ आएर भने, “हामी हाम्रा मालिकबाट यो सत्य कुरा लुकाउन सक्दैनौँ। हाम्रो रकम सकिसक्यो; अनि हाम्रा गाईबस्तु पनि तपाईंका भइसकेका छन्। अब हामीसित हाम्रा शरीरहरू र जमिनबाहेक हाम्रा मालिकलाई दिनका लागि केही पनि छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 त्‍यो साल बितेपछि अर्को साल आएर तिनीहरूले योसेफलाई भने, “हाम्रा रुपियाँपैसा सबै सकिएको कुरा त हजूरलाई थाहै छ। गाईबस्‍तुका बथान पनि सबै हजूरकै भइसकेका छन्‌। अब हजूरको लागि हामीसँग हाम्रै जीउ र जग्‍गाजमिनबाहेक अरू केही छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 अर्को साल तिनीहरूले आएर योसेफलाई भने, “तपाईंसित लुकाउने कुरा केही छैन, हजुर। हाम्रा सबै रकम-पैसा सिद्धिए र हाम्रा सबै गाईवस्‍तुहरू तपाईंका भइसकेका छन्। अब तपाईंलाई दिने हामीसित आफ्‍ना शरीर र जमिनबाहेक अरू केही छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 तर अर्को बर्ष मानिसहरूसित अन्न किन्ने पैसा तथा पशुहरू केही थिएन। यसर्थ मानिसहरू यूसुफकहाँ गए अनि भने, “तपाईं जान्नु हुन्छ हामीसित पैसा छैन अनि पशुहरू पनि तपाईंकै भए। यसर्थ हामीसित यस घडी हाम्रो जीवन र जग्गा जमीनबाहेक केही छैन।

Viz kapitola kopírovat




उत्पत्ति 47:18

Následuj nás:

Reklamy


Reklamy