उत्पत्ति 45:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 तब योसेफले आफ्ना सबै कर्मचारीहरूको सामु आफैँलाई थाम्न सकेनन्; अनि तिनी “सबै जना मेरो उपस्थितिबाट गइहाल!” भनेर चिच्याए। त्यसैले योसेफले आफ्ना दाजुभाइहरूकहाँ आफैँलाई प्रकट गर्दा तिनीसित अरू कोही थिएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तब आफ्ना वरिपरि उभिने सबै सेवकका सामुन्ने आफूलाई सम्हाल्न नसकेर योसेफले कराएर भने, “सबै जनालाई यहाँबाट बाहिर पठाइदेओ।” यसैले योसेफले आफ्ना दाजुभाइहरूसँग आफूलाई प्रकट गर्दा त्यहाँ अरू कोही थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 योसेफले मन थाम्न सकेनन्। आफ्ना चाकरहरूको अघि आफूलाई सम्हाल्न सकेनन् र तिनीहरूलाई बिदा गरे। म योसेफ हुँ भनी आफूलाई प्रकट गर्दा योसेफसित आफ्ना दाजुभाइहरूबाहेक अरू कोही थिएन। Viz kapitolaपवित्र बाइबल1 यूसूफले अब केही क्षण पनि आफूलाई नियन्त्रणमा राख्नु सकेन। तिनी त्यहाँ भएका सबै मानिसहरूको अघाडी रोए। यूसुफले भने, “प्रत्येकलाई यो ठाउँ छोडी जानु भन।” यसर्थ मानिसले त्यो ठाउँ छोडी दिए। खाली ती दाज्यू-भाइहरू मात्र यूसुफसित बसे। त्यसपछि यूसुफले तिनी को हुन् भने। Viz kapitola |