उत्पत्ति 44:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 जब उनीहरू सहरदेखि केही टाढा मात्र पुगेका थिए, तब योसेफले आफ्ना भण्डारेलाई भने, “झट्टै ती मानिसहरूका पछि-पछि जा; अनि उनीहरूलाई भेटेपछि उनीहरूलाई भन्, ‘भलाइको साटो तिमीहरूले किन खराबी गर्यौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 उनीहरू सहरबाट अलिक पर पुगेपछि योसेफले आफ्नो भण्डारेलाई भने, “झट्टै ती मानिसहरूका पछिपछि जाऊ, र उनीहरूलाई भेट्टाएपछि यसो भन्नू, ‘तिमीहरूले किन भलोको बदला खराबी गर्यौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिनीहरू सहरदेखि अलि पर पुगेपछि योसेफले मूल-चाकरलाई भने, “छिटो-छिटो ती मानिसहरूको पछि जा। अनि तिनीहरूलाई भेटेर भन्, ‘तिमीहरूले किन भलाइको साटो हामीसित खराबी गर्यौ? Viz kapitolaपवित्र बाइबल4 जब तिनीहरूले शहर नाघेका थिए यूसुफले आफ्नो नोकरलाई भने, “जाऊ अनि तिनीहरूलाई पछ्याऊ। तिनीहरूलाई रोकेर भन, ‘हामी तिमीहरूसित राम्रो थियौं, तर किन तिमीहरू हाम्रो निम्ति नराम्रो भयौ? मेरा मालिकको चाँदीको कचौरा किन चोर्यौ? Viz kapitola |