उत्पत्ति 42:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 योसेफले उनीहरूका बोराहरूमा अन्न भर्न र हरेकको बोरामा तिनीहरूका आ-आफ्नै चाँदीका पैसा हालिदिन र यात्राका निम्ति खानेकुराको प्रबन्ध गर्न हुकुम गरे। उनीहरूका निम्ति यी सबै गरिसकेपछि, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 योसेफले उनीहरूका धोक्राहरूमा अनाज भरिदिनू र उनीहरूका आ-आफ्ना चाँदीका सिक्काहरू धोक्रामै हालिदिनू र उनीहरूको बाटोको निम्ति उनीहरूलाई सामलतुमल दिनू भनी हुकुम गरे। तिनीहरूका निम्ति त्यसै गरियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 योसेफले दाजुहरूको धोक्रोमा अन्न भरिदिन, तिनीहरूले तिरेको दाम तिनीहरूकै धोक्रो-धोक्रोमा हालिदिन र यात्रामा खानलाई चाहिने सामल-तुमल दिन आज्ञा गरे। त्यसै गरियो। Viz kapitolaपवित्र बाइबल25 यूसुफले केही नोकरहरूलाई तिनीहरूका बोरामा अन्न भर्न लगाए। ती दाज्यू-भाइहरूले यूसुफलाई अन्नको दाम दिए। तर यूसुफले तिनीहरूले तिरेको अन्नको पैसा तिनीहरूकै अन्नको बोरामा हालिदिए। त्यसपछि यूसुफले तिनीहरूलाई घर फर्कदा बाटोमा आवश्यक पर्ने चीजहरू दिए। Viz kapitola |