उत्पत्ति 41:55 - पवित्र बाइबल नेपाली समकालीन संस्करण55 जब सारा इजिप्टका मानिसहरूले अनिकालको अनुभव गर्न थाले, तब मानिसहरू भोजनका लागि फारोसित बिलौना गर्न लागे। तब फारोले सबै इजिप्टियनहरूलाई भने, “योसेफकहाँ जाओ, र तिनले तिमीहरूलाई जे भन्छन्, त्यही गर।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण55 जब सारा मिश्र अनिकालले पीडित भयो, तब प्रजाहरूले फारोसँग अनाजको निम्ति बिन्ती चढ़ाए। फारोले सबै मिश्रीहरूलाई भने, “योसेफकहाँ जाओ। तिनले तिमीहरूलाई जे गर्नु भन्छन् त्यही गर।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल55 मिश्रीहरू पनि भोकले छट्पटाए र राजालाई अन्न माग्न थाले। तिनले आफ्ना प्रजालाई योसेफकहाँ पठाए र उनले भनेअनुसार गर्नू भनी आज्ञा दिए। Viz kapitolaपवित्र बाइबल55 जब अनिकाल शुरू भयो मिश्रका मानिसहरूले फिरऊनलाई अन्नको दावी गरे अनि तिनले आफ्नो देशका मानिसहरूलाई भने, “यूसुफकहाँ जाऊ अनि सोध के गर्नु पर्छ।” Viz kapitola |