उत्पत्ति 38:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 तिनलाई जब बाहिर निकाल्न लागे, तब तिनले आफ्ना ससुरालाई एउटा खबर पठाइन्। “यी सामानहरू जसका हुन्, तिनैद्वारा म गर्भवती भएकी हुँ,” तिनले भनिन्। अनि तिनले अझ थपेर भनिन्, “तपाईंले यो छाप-औँठी, डोरी, र लहुरो कसका हुन् भनी चिन्न सक्नुहुन्छ कि?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तिनलाई त्यहाँ ल्याउँदाल्याउँदै तिनले आफ्ना ससुरालाई यसो भनिपठाइन्, “यी चीजहरू जसका हुन्, तिनैबाट म गर्भवती भएकी हुँ।” अनि तिनले भनिन्, “हेर, यो छाप, यो डोरी र यो लट्ठी कसका हुन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 त्यसलाई लगिरहँदा तामारले ससुरालाई यसो भनी खबर पठाई, “यी चीजहरू जसका हुन्, तिनको बच्चा मेरो पेटमा छ। यी चीजहरू हेर्नुहोस्, हातको छाप लाउने औँठी, डोरी र टेक्ने लट्ठी, यी कसका हुन्?” Viz kapitolaपवित्र बाइबल25 यहूदाका मानिसहरू तामारलाई मार्न गए। तर तामारले आफ्नो ससुरालाई समाचार पठाई। तामारले भनी, “जुन मानिसले मलाई गर्भवती बनायो त्यसैका यी चीजहरू हुन्। तब उनले मोहर, डोरी अनि टेक्ने लट्ठी देखाई। यी चीजहरू हेर यी सब कसका हुन्? यी कसका विशेष मोहर, डोरी र टेक्ने लट्ठी हो?” Viz kapitola |