उत्पत्ति 37:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 याकोबका वंशको विवरण यही हो। योसेफ सत्र वर्षको जवान हुँदा तिनका दाजुहरूसँग भेडाबाख्राका बगालहरू चराउँथे। एक दिन तिनले आफ्ना पिताका पत्नीहरू बिल्हा र जिल्पाका छोराहरूको खराब व्यवहारको खबर आफ्ना बुबाकहाँ ल्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 याकूबको वृत्तान्त यही हो। योसेफ सत्र वर्षका हुँदा तिनका दाजुहरूसँग भेड़ाबाख्राहरूका बगाल चराउँथे। एक दिन तिनले आफ्ना पिताका पत्नीहरू बिल्हा र जिल्पाका छोराहरूको खराब व्यवहारको कुरा आफ्ना बुबाकहाँ ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तिनको परिवारको कथा यस्तो छ: योसेफ सत्र वर्षको हुँदाआफ्ना दाजुहरूसँग भेडा-बाख्राको हेरचाहा गर्थे। ती दाजुहरू आफ्ना बुबाका रखेल बिल्हा र जिल्पाका छोराहरू थिए। दाजुहरूले बिगार गरेका कुराको खबर उनले बुबाकहाँ पुर्याउँथे। Viz kapitolaपवित्र बाइबल2 याकूबको परिवारको कथा यही हो। यूसुफ सत्र बर्षको युवक थियो। उसको काम भेंडा-बाख्रा हेरचाह गर्नु थियो। उनले यो काम आफ्नो दाज्यू-भाइ र जिल्पा र बिल्हाका छोराहरूसित गर्यो। (जिल्पा र बिल्हा उसको बुबाकी उप-पत्नीहरू थिए।) यूसुफ आफ्नो बुबालाई उसका दाज्यूहरूले गरेका सबै दुष्टकर्मको विषयमा जानकारी दिने गर्दथ्यो। Viz kapitola |