उत्पत्ति 35:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 याकोबले तिनीसित परमेश्वरले कुरा गर्नुभएको ठाउँमा एउटा खाँबो ठड्याए; अनि त्यसमाथि तिनले अर्घबलि चढाए; अनि त्यसमाथि तेल पनि खन्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 परमेश्वर तिनीसँग कुरा गर्नुभएको ठाउँमा याकूबले ढुङ्गाको एउटा खामो खड़ा गरे। अनि तिनले त्यसमा अर्घ-बलि चढ़ाएर तेल खन्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 त्यहाँ परमेश्वरले कुरा गर्नुभएको ठाउँमा याकूबले एउटा स्मारक ढुङ्गा ठड्याए र त्यसमाथि दाखमद्य र भद्राक्षको तेल खनाएर त्यसलाई अभिषेक गरे। Viz kapitolaपवित्र बाइबल14-15 त्यस ठाउँमा याकूबले एउटा स्मारक ढुङ्गा राख्यो। उनले दाखरस र तेलले अभिषेक गरी त्यस ढुङ्गालाई पवित्र पार्यो। यो ठाउँ एउटा विशेष ठाउँ भयो किनभने यहाँ परमेश्वरले याकूबसित कुरा गर्नु भएको थियो। याकूबले यस ठाउँको नाउँ बेतेल राख्यो। Viz kapitola |