उत्पत्ति 34:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 तब याकोबले शिमियोन र लेवीलाई भने, “तिमीहरूले यस देशमा बस्ने मानिसहरू—कनानी र परिज्जीहरूसित मलाई अप्रिय बनाएर ममाथि सङ्कष्ट ल्यायौ। हामी अल्प संख्यामा छौँ। यदि तिनीहरू मेरो विरुद्धमा एकमत भएर मलाई आक्रमण गरे भने म र मेरा घराना नष्ट हुनेछौँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 तब याकूबले शिमियोन र लेवीलाई भने, “कनानी र परिज्जीहरूको यस देशका बासिन्दाहरूमा तिमीहरूले मलाई अप्रिय तुल्याएर सङ्कष्टमा पारिदिएका छौ। मेरा मानिसहरू थोरै छन्। यदि उनीहरू सबै भेला भएर मेरो विरुद्धमा हमला गरे भने मलाई र मेरो घरका सबैलाई खतम पार्नेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 याकूबले शिमियोन र लेवीलाई भने, “तिमीहरूले ममाथि सङ्कष्ट ल्यायौ। अब कनानी, परिज्जी र यस देशका अरू सबै बासिन्दाहरूले मलाई घृणा गर्नेछन्। मेरा धेरै मानिसहरू छैनन्। तिनीहरू सबै एक भएर मेरो विरुद्धमा आइलागे भने हाम्रा सारा सन्तान नाश हुनेछन्।” Viz kapitolaपवित्र बाइबल30 तर याकूबले शिमोन र लेवीलाई भने, “तिमीहरूले मलाई साह्रै कष्ट दियौ। यहाँ सबै मानिसहरूले मलाई घृणा गर्नेछन्। सबै कनानी र परिज्जी मानिसहरू मेरो विरूद्धमा हुनेछन्। हामीहरूको संख्या यहाँ कम्ती छ, यदि यहाँका मानिसहरू हामीसित लड्न भेला भए भने हामीहरू ध्वंश हुनेछौ। अनि मसँग भएका सबै हाम्रा मानिसहरू ध्वंश हुनेछन्।” Viz kapitola |