उत्पत्ति 31:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 यसकारण लाबान याकोबको पालभित्र र लेआको पालभित्र, र दुई सेविकाका पालभित्र गए; तर तिनले ती कहीँ भेट्टाएनन्। त्यसपछि तिनी लेआको पालबाट निस्केर राहेलको पालभित्र पसे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तब लाबान याकूबको पालभित्र, त्यसपछि लेआको र दुवै कमारीहरूका पालभित्र पसे, तर केही पाउन सकेनन्। उनी लेआको पालबाट निस्केर राहेलको पालभित्र पसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 लाबानले याकूबको पालमा गई खोजी गरे। त्यसपछि उनले लेआ र दुई कमारीहरूका पालमा गई खोजी गरे। तर कहीँ पनि उनले आफ्ना देवताहरू पाएनन्। त्यसपछि उनी राहेलको पालमा पसे। Viz kapitolaपवित्र बाइबल33 लाबान याकूबको छाउनीभित्र गएर खोज-तलाश गरे। उनले पहिले याकूबको अनि लेआको पालको तलाश गरे। त्यसपछि दुइ कमारी आइमाईहरू बसेका पालको तलाश गरे। तर ती पालहरूमा उनले खोजेका देवताहरू पाइएनन्। त्यसपछि लाबान राहेलको पालमा गए। Viz kapitola |