उत्पत्ति 27:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण36 एसावले भने, “त्यसको नाम याकोब भनेर ठिकै राखिएको होइन र? त्यसले मलाई छल गरेको यो दोस्रो पटक हो। त्यसले मेरो ज्येष्ठ अधिकार लियो; अहिले मैले पाउनुपर्ने आशिष् पनि त्यसैले लग्यो!” तब तिनले सोधे, “के तपाईंले मेरा निम्ति केही आशिष् साँचेर राख्नुभएको छैन र?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 एसावले भने, “त्यसको नाउँ याकूब राखिएको के ठीकै होइन? किनभने त्यसले मलाई दुई पल्ट ठगिसक्यो। त्यसले मेरो ज्येष्ठ-अधिकार हर्यो, र अहिले मैले पाउने आशिष् पनि लग्यो।” उनले फेरि भने, “के तपाईंले मेरो निम्ति एउटै आशिष् पनि जगेडा राख्नुभएको छैन?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 एसावले भने, “त्यसले मलाई ठगेको यो दोस्रोपल्ट हो। त्यसको नाम याकूब राखेकोमा केही आश्चर्यको कुरा छैन। मेरो जेठो छोराको अधिकार त्यसले लग्यो र अहिले मेरो आशिष् पनि लग्यो। के मेरो लागि एउटै आशिष् पनि बाँकी राखिदिनुभएन?” Viz kapitolaपवित्र बाइबल36 एसावले भने, “उसको नाउँ याकूब हो। यो नाउँ उसको निम्ति उपयुक्त छ। उनले मसित दुइ पल्ट चलाखी गर्यो। उनले मबाट जेठो छोरोको अधिकार खोस्यो अनि अहिले मैले पाउँने आशीर्वाद लग्यो।” त्यसपछि एसावले भने, “मेरो निम्ति केही आशीर्वाद साँच्नु भएको छ?” Viz kapitola |