उत्पत्ति 26:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 यस देशमा केही समय परदेशी भएर बस्, र म तँसित हुनेछु र तँलाई आशिष् दिनेछु। किनकि म तँलाई र तेरा सन्तानहरूलाई यी सबै देशहरू दिनेछु; र मैले तेरा पिता अब्राहामसित खाएको शपथ पूरा गर्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 त्यही ठाउँमा बसोबास गर्, र म तँसँग रहनेछु, र तँलाई आशिष् दिनेछु, किनकि मैले तेरो बुबा अब्राहामसँग शपथ खाएर दिएको प्रतिज्ञा म पूरा गरेर तँलाई र तेरा सन्तानलाई यी नै देशहरू दिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 त्यही देशमा बस्। म तँसित रहनेछु र तँलाई आशिष् दिनेछु। यो सारा देश तँलाई र तेरा सन्तानलाई दिनेछु। तेरा बुबा अब्राहामसित मैले गरेको प्रतिज्ञा म पूरा गर्नेछु। Viz kapitolaपवित्र बाइबल3 त्यहीं देशमा बस तब म तँलाईं सहायता गर्नेछु। म तँलाईं आशीर्वाद दिनेछु। तेरो परिवार र तँलाईं यो सबै देश दिनेछु। म त्यही गर्नेछु जुन मैले तेरो बाबु अब्राहामलाई वचन दिएको थिएँ। Viz kapitola |