उत्पत्ति 18:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 उहाँहरूमध्ये एक जनाले भने, “निश्चय नै म आउँदो वर्ष यसै समयमा तिमीकहाँ फर्किआउनेछु; तब तिम्री पत्नी साराको साथमा एउटा छोरा हुनेछ।” अब साराले चाहिँ यो कुरा अब्राहामको पछिल्तिर भएको पालको प्रवेशद्वारबाट सुनिरहेकी थिइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तब परमप्रभुले भन्नुभयो, “आउँदो साल यही समयमा म निश्चय नै तँकहाँ फर्किआउनेछु, र हेर्, तेरी पत्नी साराले एक जना छोरो जन्माएकी हुन्छे।” साराले चाहिँ यो कुरो पालको ढोकाबाट उहाँको पछिल्तिर सुनिरहेकी थिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तीमध्ये एक जनाले भने, “आजको नौ महिनामा म फेरि यहाँ आउनेछु। तिम्री स्वास्नी साराले एउटा छोरो जन्माउनेछे।” साराले उनको पछाडिपट्टि पालका ढोकामा उभिएर सुनिरहेकी थिइन्। Viz kapitolaपवित्र बाइबल10 तब परमप्रभुले भन्नुभयो, “म फेरि वसन्त ऋतुमा आउनेछु। त्यस समयमा तिम्री पत्नी साराले छोरो जन्माएकी हुनेछिन्।” साराले पालबाट यी सब कुराहरू सुनिरहेकी थिइन्। Viz kapitola |