गलाती 5:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू स्वतन्त्र हुन बोलाइएका हौ; तर तिमीहरूको स्वतन्त्रतालाई शारीरिक स्वभावका निम्ति प्रयोग नगर, बरु प्रेममा एउटाले अर्कोको नम्रतासाथ सेवा गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 भाइ हो, तिमीहरू त स्वतन्त्रताको निम्ति बोलाइएका हौ। केवल त्यस स्वतन्त्रतालाई पापमय स्वभावको निम्ति प्रयोग नगर। तर प्रेममा तिमीहरू एक-अर्काको सेवक बन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 दाजुभाइहरू, तिमीहरू स्वतन्त्र हुन बोलाइएका हौ। तर यो स्वतन्त्रता शारीरिक स्वभावअनुसार चल्ने नबनोस्। प्रेमले एक-अर्काको भलाइ गर Viz kapitolaपवित्र बाइबल13 मेरा दाज्यू-भाइ, दिदी-बहिनीहरू हो! परमेश्वरले तिमीहरूलाई स्वतन्त्र बन्न बोलाउनु भएको हो। तर त्यस स्वतन्त्रतालाई आफ्नो पापपूर्ण विचार गर्ने बहाना नबनाऊ। तर आपसमा प्रेमको वार्तालाप गर। Viz kapitola |