Online Bible

- Reklamy -




गलाती 4:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 यो कुरालाई उदाहरणको रूपमा लिइएको छ: दुई स्त्रीहरूले दुई वटा करारलाई प्रतिनिधित्व गर्दछन्। एउटा करारचाहिँ सीनै पर्वतबाट हो, र यसले दासत्वको निम्ति जन्मिएका सन्तानलाई प्रतिनिधित्व गर्दछ, जो हागार हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 यो कुरालाई रूपक दृष्‍टान्‍तको रूपमा लिन सकिन्‍छ। ती स्‍त्रीहरू दुई किसिमका करारहरू हुन्‌। एउटीचाहिँ सीनै पर्वतबाट दासत्‍वको लागि सन्‍तान जन्‍माउने हागार हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 यसैबाट हामी बुझ्‍न सक्‍छौं, ती दुईटी स्‍त्रीहरूले परमेश्‍वरसँगको दुई करारलाई बुझाउँछन्। सीनै पर्वतको व्यवस्थाको पुरानो करारचाहिँ कमारी हागार हो। यसका सन्‍तानहरू नै कमाराहरू हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 यो सत्य कथाले हाम्रो अघि एउटा चित्र खडा गर्छ। ती दुइ स्त्रीहरू परमेश्वर र मानिस बीचको करार स्वरूप हुन्। एउटा करार सीनै पर्वत को परमेश्वरले बनाएको व्यवस्था हो। यस संझौताको अधीन रहने मानिसहरू कमारा जस्ता हुन्। हागार नाउँकी आमा त्यही करार जस्तो हो।

Viz kapitola kopírovat




गलाती 4:24

Následuj nás:

Reklamy


Reklamy