Online Bible

- Reklamy -




गलाती 2:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 मण्डलीका खम्बाहरू कहलिएका याकोब, पत्रुस र यूहन्‍नाले मलाई दिइएको अनुग्रहबारे थाहा पाएपछि बारनाबास र मलाई सङ्गतिको दाहिने हात बनाए। तब उनीहरूले हामीचाहिँ गैरयहूदीहरूकहाँ जान र उनीहरूचाहिँ यहूदीहरूकहाँ जान भनी निश्‍चय गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 याकूब, केफास र यूहन्‍ना, जो मण्‍डलीका खम्‍बाहरू थिए, तिनीहरूले ममाथि भएको अनुग्रह थाहा पाएपछि मलाई र बारनाबासलाई सङ्गतिको दाहिने हात दिए। हामी अन्‍यजातिहरूकहाँ जाने र उनीहरूचाहिँ खतनाकाहरूकहाँ जाने भन्‍ने निश्‍चय गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 यो मेरो लागि परमेश्‍वरको ठूलो अनुग्रह हो। यस कुरालाई याकूब, पत्रुस र यूहन्‍नाजस्‍ता अगुवाहरूले पनि मानेका छन्। यसकारण उनीहरूले बारनाबास र मलाई हात मिलाउँदै आफ्‍नो संगतिमा लिए। हामीचाहिँ अरू जातिका बीचमा काम गर्ने भयौं अनि उनीहरूचाहिँ इस्राएलीहरूका बीचमा काम गर्ने भए।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 याकूब, पत्रुस र यूहन्ना अगुवा जस्ता मानिन्छन्। तिनीहरूले बुझे कि परमेश्वरले मलाई विशेष वरदान दिनु भएकोछ। यसकारण तिनीहरूले बर्णाबास र मलाई स्वीकार गरे। तिनीहरूले भने, “पावल र बर्णाबास, हामी मान्छौं कि तिमीहरू ती मानिसहरूकहाँ जाऊ जो यहूदी होइनन् र हामी चाँहि यहूदीहरू माझ जान्छौं।”

Viz kapitola kopírovat




गलाती 2:9

Následuj nás:

Reklamy


Reklamy