इजकिएल 1:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 जब मैले हेरेँ, उत्तर दिशाबाट एउटा आँधीबेहरी—चम्कँदै गरेको बिजुलीसहित अति चहकिलो ज्योतिले घेरिएको एउटा विशाल बादल आइरहेको देखेँ। आगोको बीच भागमा चाहिँ बल्दैगरेको चहकिलो काँसाको धातुजस्तै देखिन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 मैले हेरें, र आँधीबेहरी उत्तरबाट आइरहेको देखें— एउटा विशाल बादल, बिजुलीको चमकसमेत, जसको वरिपरि चहकिलो उज्यालो थियो। त्यस आगोको माझ जल्दो धातुझैँ देखिन्थ्यो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 मैले माथि हेरें र उत्तरबाट आँधी-बेहरी आइरहेको देखें। बाक्लो बादलको बीचबाट बिजुली चम्कँदै थियो र त्यसको चारैतिर उज्यालो फैलिंदै थियो। बिजुली चम्केको ठाउँनिर काँसाझैँ केही चम्कँदै थियो। Viz kapitolaपवित्र बाइबल4 मैले उत्तर दिशाबाट आँधी-बेहरी आउँदै गरेको देखें। त्यो बाक्लो बादल थियो अनि बादलको चारै तिर उज्यालो थियो र यसबाट आगो बलिरहेको थियो। त्यस आगोको बीचमा टल्किएको तातो धातु झैं केही देखिन्थ्यो। Viz kapitola |