प्रस्थान 7:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 याहवेहले मोशालाई भन्नुभयो, “हारूनलाई भन्, ‘आफ्नो लहुरो लिएर इजिप्टका पानीहरू—नदीनालाहरू, पोखरीहरू र सबै जलाशयहरूमाथि तेरो हात पसार—तब ती सबै रगत हुनेछन्।’ इजिप्टका सबै ठाउँहरू, यहाँसम्म कि काठका भाँडाहरू र ढुङ्गाका भाँडाहरूमा समेत रगतै-रगत हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनलाई भन्, ‘तपाईंको लहुरो लिएर मिश्रमा जति पानी छ, अर्थात् खोला, कुला र पोखरीका पानी रगत भइजाऊन् भनी ती सबैमाथि तपाईंको हात पसार्नुहोस्।’ अनि तिनीहरू रगत हुनेछन्। मिश्रभरि भएको पानी, काठ अथवा ढुङ्गाका घड़ाहरूको पानीसमेत रगत हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 परमप्रभुले मोशालाई भन्नुभयो, “आफ्नो लट्ठी उचालेर मिश्रको सबै नदी, नहर र पोखरीहरूमाथि पसार् भनी हारूनलाई भन्। तब सबै पानी रगत बनिनेछ र देशभरि काठका ठेका र ढुङ्गाका घडाहरूको पानी समेत रगत बनिनेछ।” Viz kapitolaपवित्र बाइबल19 परमप्रभुले मोशालाई भन्नु भयो, “हारूनलाई भन् कि उसले आफ्नो हातको लहुरोले मिश्र देशका मानिसहरूले जम्मा गरेको पानीको कुवा, नहर, नदी, ताल प्रत्येक ठाउँमा हिर्काओस् जब उसले त्यसो गर्छ सबै पानी रगतमा परिवर्तन हुनेछ। यहाँसम्म तिनीहरूले काठ र ढुङ्गाको भाँडामा राखेको पानी पनि रगत बनिनेछ।” Viz kapitola |