प्रस्थान 5:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 अनि तिनीहरूले भने, “याहवेहले तपाईंहरूमाथि दृष्टि गरून् र न्याय देऊन्! तपाईंहरूले हामीलाई फारो र उनका अधिकारीहरूको अगि घृणित बनाउनुभयो, र हामीलाई मार्नका निम्ति तिनीहरूका हातमा तरवार राखिदिनुभएको छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तिनीहरूले भने, “परमप्रभुले तपाईंहरूको इन्साफ गरून्, किनभने तपाईंहरूले फारो र उनका चाकरहरूको दृष्टिमा हामीलाई तिरस्कृत तुल्याउनुभएको छ, र हामीलाई काट्न उनीहरूका हातमा तरवारै दिनुभएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तिनीहरूले मोशा र हारूनलाई भने, “तिमीहरूले जे गरेका छौ, परमप्रभुले देख्नुभएको छ। तिमीहरूले गर्दा राजा र तिनका भारदारहरू हामीसित रिसाएका छन्। त्यसको निम्ति परमेश्वरले तिमीहरूलाई दण्ड दिनुहुनेछ। तिमीहरूले गर्दा तिनीहरूले हामीलाई मार्ने निहुँ पाएका छन्।” Viz kapitolaपवित्र बाइबल21 यसैकारण तिनीहरूले मोशा र हारूनलाई भने, “तपाईंहरूले साँच्चै गल्ती गर्नु भयो जब तपाईंहरूले फिरऊनलाई हामीलाई छोड्ने कुरा गर्नुभयो। परमप्रभुले तपाईंहरूलाई दण्ड दिऊन्। किनभने तपाईंहरूले फिरऊन र उसका अधिकारीहरूलाई हामीसित घिनाउने बनाउनु भयो। तपाईंले तिनीहरूलाई हामीलाई मार्ने निहुँ दिनु भएको छ।” Viz kapitola |