प्रस्थान 4:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 याहवेहले भन्नुभयो, “यो याहवेह तिनीहरूका पितापुर्खाका परमेश्वर—अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकोबका परमेश्वर तिमीकहाँ देखा पर्नुभएको हो भनी तिनीहरूले विश्वास गरून् भनेर हो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 परमप्रभुले भन्नुभयो, “तिनीहरूले तिनीहरूका पिता-पुर्खाका परमेश्वर, अर्थात् अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर तँकहाँ देखा पर्नुभएको हो रहेछ भनी तिनीहरूले यही कामबाट पत्याऊन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 परमप्रभुले भन्नुभयो, “यसो गरेर तैँले इस्राएलीहरूलाई परमप्रभु तिनीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबका परमेश्वरले तँलाई दर्शन दिनुभएको हो भनेर प्रमाण दिनेछस्।” Viz kapitolaपवित्र बाइबल5 तब परमप्रभुले मोशालाई भन्नु भयो, “आफ्नो लहुरो तिमीले यसरी नै प्रयोग गर, अनि मानिसहरूले विश्वास गर्नेछन् परमप्रभु तिनीहरूका पिता-पुर्खाहरूको परमेश्वर, अब्राहामको परमेश्वर, इसहाकका परमेश्वर अनि याकूबका परमेश्वर तिम्रोअधि प्रकट हुनु भएको थियो।” Viz kapitola |