प्रस्थान 4:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तब याहवेहले तिनलाई भन्नुभयो, “आफ्नो हात पसारेर त्यसको पुच्छरमा समात्।” यसकारण मोशाले हात पसारेर त्यस सर्पलाई समाते, र त्यो तिनको हातमा पहिलेझैँ लहुरो भइगयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तब परमेश्वरले मोशालाई भन्नुभयो, “तेरो हात लम्काएर त्यसको पुच्छरमा समात्।” अनि मोशाले हात लम्काएर समाते, र त्यो तिनको हातमा फेरि लट्ठी नै भइहाल्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तब परमप्रभुले मोशालाई भन्नुभयो, “घोप्टेर त्यसको पुच्छर समातेर उठा।” मोशाले त्यसै गरे र त्यो हातमा लट्ठी नै भइगयो। Viz kapitolaपवित्र बाइबल4 तर परमप्रभुले मोशालाई भन्नुभयो, “अघि बढ र सर्पको पुच्छरमा समात।” मोशा सर्प नजिक पुगे अनि त्यसको पुच्छरमा समाते। जब मोशाले सर्पलाई समाते त्यो फेरि लहुरो नै भइहाल्यो। Viz kapitola |