प्रस्थान 4:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 याहवेहले मोशालाई भन्नुभयो, “जब तँ इजिप्टमा फर्कनेछस्, तब तैँले सबै अद्भुत कार्यहरू, जसका लागि मैले तँलाई शक्ति दिएको छु, फारोको सामु देखाउन नभुल्नू। तर म त्यसको हृदय कठोर पारिदिनेछु, र त्यसले मानिसहरूलाई जान दिनेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तब परमप्रभुले मोशालाई भन्नुभयो, “जब तँ मिश्रमा फर्कन्छस् तब मैले तेरो हातको शक्तिमा राखिदिएका सबै उदेकका कामहरू फारोको सामुन्ने गर्। तर म त्यसको हृदय कठोर गरिदिनेछु, र त्यसले मानिसहरूलाई जान दिनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 परमप्रभुले फेरि मोशालाई भन्नुभयो, “अब तँ मिश्रमा फर्केर जाँदै छस्। मैले तँलाई जुन-जुन आश्चर्यकर्महरू गर्न शक्ति दिएको छु, ती सबै राजाका अघि गर्न याद राख्। तर म राजालाई ढिट बनाउनेछु र उसले इस्राएलीहरूलाई जान दिनेछैन। Viz kapitolaपवित्र बाइबल21 मिश्र जाँदा बाटोमा, परमप्रभुले मोशालाई भन्नुभयो, “जब तिमी फिरऊनसित कुरा गर्छौ मैले तिमीलाई दिएका सबै शक्तिको चमत्कारहरू सबै सम्झना गर। तर म फिरऊनलाई मानिसहरूलाई जान नदिने अट्टेरी बनाउँछु। Viz kapitola |