प्रस्थान 36:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यसपछि मोशाले आदेश गरे, र छाउनीभरि नै सन्देश पठाए: “अब कुनै पुरुष वा स्त्रीले पवित्रस्थानको भेटीका लागि अरू केही नल्याउनू।” यसकारण मानिसहरूले अरू भेटी ल्याउन छोडे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तब मोशाले आज्ञा गरे, र तिनीहरूले छाउनीभरि यो घोषणा गर्न लागे, “पवित्रस्थानका भेटीको निम्ति अब कुनै पुरुष वा स्त्रीले अरू केही थोक नबनाओस्।” यसरी मानिसहरूलाई अझै सामान ल्याउन मनाही गरियो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यसकारण पवित्र पालको निम्ति अब कसैले केही भेटी नल्याउनू भनी मोशाले सारा छाउनीमा आज्ञा दिए। मानिसहरूले भेटी ल्याउन छोडे। Viz kapitolaपवित्र बाइबल6 तब मोशाले पुरै छाउनीमा यो समाचार पठाए, “अब कुनै पनि पुरूष अथवा स्त्रीले पवित्र स्थानका निम्ति केही पनि भेटी ल्याउनु पर्दैन।” यसकारण मानिसहरूले भेटीहरू ल्याउन रोके। Viz kapitola |