प्रस्थान 3:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 मोशाले परमेश्वरलाई भने, “यदि मैले गएर इस्राएलीहरूलाई ‘तिमीहरूका पितापुर्खाहरूका परमेश्वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो’ भनुँला, र तिनीहरूले मलाई ‘उहाँको नाम के हो?’ भनी सोध्लान्, तब म तिनीहरूलाई त्यस बेला के भनूँ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 मोशाले परमेश्वरलाई भने, “हेर्नुहोस्, जब म इस्राएलीहरूकहाँ गएर तिनीहरूलाई भन्नेछु, ‘तिमीहरूका पिता-पुर्खाका परमेश्वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो,’ तब तिनीहरूले ‘उहाँको नाउँ के हो त?’ भनेर सोधे भने, मैले तिनीहरूलाई के भन्ने?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तर मोशाले उत्तर दिए, “जब म इस्राएलीहरूकहाँ गएर ‘तिमीहरूका पुर्खाहरूका परमेश्वरले मलाई पठाउनुभएको हो’ भनुँला, तब ‘उहाँको नाम के हो’ भनी तिनीहरूले मलाई सोधे भने मैले के भन्नु?” Viz kapitolaपवित्र बाइबल13 तब मोशाले परमेश्वरलाई भने, “जब म इस्राएलीहरू कहाँ जान्छु अनि तिनीहरूलाई भन्छु, ‘म तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वरद्वारा पठाइएको हुँ,’ अनि तिनीहरूले तपाईंको नाउँ सोधेमा मैले के भन्नु पर्नेछ?” Viz kapitola |