प्रस्थान 3:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब परमेश्वरले भन्नुभयो, “म तेरो साथमा हुनेछु। तँलाई पठाउने म नै हुँ भनी देखाउने अद्भुत चिन्ह यो हुनेछ: जब तैँले ती मानिसहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याउनेछस्, तब तिमीहरूले यस पर्वतमा परमेश्वरको आराधना गर्नेछौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अनि परमेश्वरले भन्नुभयो, “म तँसित हुनेछु, र मैले तँलाई पठाएको हुँ भन्ने कुराको चिन्ह तँलाई यो हुनेछ: जब तैंले ती मानिसहरूलाई मिश्रबाट निकालेर ल्याउनेछस्, तब तिमीहरूले यही पर्वतमा परमेश्वरको आराधना गर्नेछौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 परमेश्वरले उत्तर दिनुभयो, “म तँसित रहनेछु र जब तैँले इस्राएलीहरूलाई मिश्रबाट निकाली ल्याउनेछस्, तिमीहरूले मलाई यस पर्वतमा पुज्नेछौ। मैले तँलाई पठाएको हो भन्ने प्रमाण यही नै हुनेछ।” Viz kapitolaपवित्र बाइबल12 परमेश्वरले भन्नुभयो, “तिमीले भलो गर्न सक्छौ किनभने म तिमीसित हुनेछु। यही प्रमाण हुनेछ कि मैले तिमीलाई पठाउँदैछु तिमीले इस्राएलीहरूलाई मिश्रदेशाबाट अगुवाई गरेपछि, तिमी आउनेछौ अनि यही पर्वतमा आराधना गर्नेछौ।” Viz kapitola |