प्रस्थान 2:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 तब त्यस मानिसले भन्यो, “तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता नियुक्त गर्यो? के तिमीले त्यस इजिप्टियनलाई मारेझैँ मलाई पनि मार्ने विचार गर्दैछौ?” तब मोशा डराए, र सोचे, “मैले जे गरेँ, त्यो सबैलाई थाहा भइसक्यो होला!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 त्यसले भन्यो, “कसले तिमीलाई हाम्रो शासक र न्यायकर्ता तुल्यायो? त्यस मिश्रीलाई मारेजस्तो मलाई पनि मार्न चाहन्छौ?” तब मोशाले डराएर मनमनै भने, “अवश्य यो कुरो फिँजिन लागेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 त्यस मानिसले जवाफ दियो, “कसले तिमीलाई हाम्रा हाकिम र न्यायाधीश खटायो? त्यो मिश्रीलाई जस्तै मलाई पनि मार्ने?” मोशा डराए र सोचे, “मेरो कुरा मानिसहरूलाई थाहा भएछ।” Viz kapitolaपवित्र बाइबल14 त्यस मानिसले उत्तर दियो, “कसले तिमीलाई हाम्रो न्यायकर्ता र शासक बनायो? के तिमीले मलाई पनि मार्न लागिरहेकाछौ जस्तो तिमीले त्यो मिश्री मानिसलाई मारेका थियौ?” तब मोशा डराए। उनले सोचे, “मैले के गरेको थिएँ त्यो थाह भएछ।” Viz kapitola |