प्रस्थान 15:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 “तपाईंका गौरवको महानतामा तपाईंले विरोधीहरूलाई फ्याँकिदिनुभएको छ। तपाईंले आफ्नो क्रोधको ज्वाला पोख्नुभयो; जसले तिनीहरूलाई परालझैँ भस्म पार्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तपाईंका विरुद्धमा उठ्नेहरूलाई तपाईंका गौरवको उच्चतामा तपाईंले तल झार्नुभयो। तपाईंले आफ्नो जल्दो क्रोध प्रकट गर्नुभयो, र त्यसले उनीहरूलाई ठोसाझैँ भस्म पार्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 आफ्नो गौरवपूर्ण विजयले तपाईंले शत्रुहरूलाई हराउनुहुन्छ; तपाईंको रिस आगोझैँ बल्दछ र तिनीहरूलाई परालझैँ भस्म पार्दछ। Viz kapitolaपवित्र बाइबल7 आफ्नो महान महिमामा तपाईंले ती मानिसहरूको नाश गर्नु भयो, जसले तपाईंको विरोध गरे। तपाईंको रीसले परालको आगोले झैं तपाईंका शत्रुहरूलाई जलायो। Viz kapitola |