प्रस्थान 15:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 उहाँले भन्नुभयो, “तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरको कुरा ध्यानसित सुन्यौँ र उहाँको दृष्टिमा जे ठिक छ, त्यही गर्यौ, र तिमीहरूले उहाँका आज्ञाहरूमा ध्यान दियौ, र उहाँका सबै उर्दीहरू पालन गर्यौ भने मैले इजिप्टियनहरूमाथि ल्याएका रोगहरू म तिमीहरूमाथि ल्याउनेछैनँ; किनकि तिमीहरूलाई निको पार्ने याहवेह म नै हुँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 र उहाँले भन्नुभयो, “तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरका कुरा ध्यानसित सुन्यौ, उहाँको दृष्टिमा जे ठीक छ सो गर्यौ, र उहाँका आज्ञाहरूमा ध्यान लगायौ, र उहाँका सबै विधिहरू मान्यौ भने, जुन रोगहरू मैले मिश्रीहरूमाथि ल्याएको थिएँ, तीमध्ये एउटै पनि तिमीहरूमाथि ल्याउनेछैनँ, किनकि तिमीहरूलाई निको पार्ने म परमप्रभु हुँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 उहाँले भन्नुभयो, “तिमीहरूले सम्पूर्ण रीतले मैले भनेका कुराहरू मान्यौ, म जे कुरा ठीक ठान्दछु, त्यो गर्यौ र मेरा आज्ञाहरू पालन गर्यौ भने जुन रोगहरू मैले मिश्रीहरूमाथि ल्याएको थिएँ, ती कुनै पनि तिमीहरूमाथिपर्नेछैन। म तिमीहरूलाई निको पार्ने परमप्रभु हुँ।” Viz kapitolaपवित्र बाइबल26 परमप्रभुले भन्नु भयो, “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गर्नु पर्छ। उहाँले भन्नु भएको आज्ञाहरू तिमीहरूले मान्नै पर्छ। यदि तिमीहरूले उहाँका आज्ञाहरू पालन गर्यौ र नियमहरू मान्यौ भने मिश्रवासीहरू जस्तै तिमीहरू रोगी हुने छैनौ म परमप्रभु हुँ। म एक जना हुँ जसले तिमीहरूलाई स्वस्थ राख्छ।” Viz kapitola |