प्रस्थान 14:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 उहाँले तिनीहरूका रथहरूका चक्काहरू फुस्काइदिनुभयो, र तिनीहरूलाई कुदाउन कठिन पर्यो। अनि इजिप्टियनहरूले भने, “हामी इस्राएलीहरूदेखि भागौँ! याहवेह तिनीहरूको पक्षमा भई हाम्रो विरुद्धमा युद्ध गर्दै हुनुहुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 उहाँले उनीहरूका रथका पाङ्ग्राहरू फुस्काइदिनुभयो र उनीहरूलाई ती चलाउन कठिन भयो। मिश्रीहरू भन्न लागे, “हामी इस्राएलीहरूदेखि भागौं, किनकि परमप्रभु तिनीहरूका पक्षमा भएर मिश्रीहरूका विरुद्धमा लड्दैहुनुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 उहाँले हिलोमा रथका चक्काहरू भसाइदिनुभयो र ती अड्किए। बढी कठिनले रथ चल्न थाले र मिश्रीहरूले भन्न लागे, “इस्राएलीहरूको निम्ति हाम्रा विरुद्धमा परमप्रभु लड्दै हुनुहुन्छ। हामी यहाँबाट निस्कौं!” Viz kapitolaपवित्र बाइबल25 रथका पाङग्राहरू भासिए अनि रथलाई नियन्त्रणमा राख्न कठिन पर्यो। मिश्रदेशका मानिसहरू जोरले कराए, “हामी यहँबाट भागौं, परमप्रभु हाम्रो विरूद्ध इस्राएलका मानिसहरूको पक्षमा लडाइँ गर्नु हुँदैछ।” Viz kapitola |