प्रस्थान 12:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यो रगत तिमीहरू बसेका घरहरूमा चिन्ह हुनेछ; अनि जब म रगत देख्नेछु, तब म तिमीहरूलाई छोडेर जानेछु। मैले इजिप्टमाथि प्रहार गर्दा तिमीहरूलाई कुनै पनि नाश गर्ने विपत्तिले छुनेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तिमीहरू बसेका घरहरूमा त्यो रगत तिमीहरूका निम्ति चिन्ह हुनेछ। जब म त्यो रगत देख्नेछु तब तिमीहरूलाई चाहिँ छोड़िदिनेछु, र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने कुनै विपत्तिले तिमीहरूलाई छुनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 ढोकाका खम्बाहरूमा पोतिएका रगत तिमीहरू बसेका घरमा चिन्ह हुनेछ। त्यो रगत देखेर म तिमीहरूलाई बचाउनेछु र मैले मिश्रीहरूलाई दण्ड दिएको बेलामा तिमीहरूमाथि केही विपत्ति पर्नेछैन। Viz kapitolaपवित्र बाइबल13 तर तिमीहरूका घरमा लगाएका रगत चाँहि एउटा विशेष चिन्ह हुनेछ र म जुन घरमा रगत लगाएको देख्छु त्यसलाई छोडेर जान्छु। म मिश्र देशका मानिसहरूको निम्ति हानिकारक रोग उत्पन्न गर्छु। तर त्यो खराब बिमारले तिमीहरू कसैलाई पनि असर गर्दैन। Viz kapitola |