प्रस्थान 10:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरूले जमिनलाई नदेखिने गरी ढाकिदिनेछन्। असिनापछि अलि-अलि जे जति बाँकी रहेका छन्, तिनीहरूले ती सबै अनि तिमीहरूका खेतहरूमा बढ्दै गरेका प्रत्येक रूखलाई खाइदिनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिनीहरूले जमिनको सतह यस्तो गरी ढाक्नेछन् कि जमिन देखिनेछैन। असिनाबाट जोगिएर उब्रेका सबै कुरा तिनीहरूले खानेछन्। तिमीहरूका वनमा उम्रेका सबै रूखपात तिनीहरूले खानेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 यति धेरै सलहहरू हुनेछन् कि तिनीहरूले सारा जमिन ढाक्नेछन्। असिनाले छोडेका सबै थोक, बाँचेका रूखहरूसमेत तिनीहरूले खानेछन्। Viz kapitolaपवित्र बाइबल5 सलहहरूले जमीन ढाक्नेछन्। जमीनमा धेरै सलहहरू हुनेछन्। तिमीले जमीन देख्न सक्ने छैनौ। सलहले खेतका प्रत्येक कुरा अनि रूखहरू खानेछन्। Viz kapitola |