एस्तर 9:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 यहूदीहरूले आफ्ना शत्रुहरूबाट छुटकारा पाएको दिनको रूपमा; अनि तिनीहरूको दुःखको शोकबाट आनन्द र विलापबाट उत्सवमा परिणत भएको महिनाको रूपमा मान्न स्थापित गरे। तिनीहरूले यी दिनहरूलाई भोज र आनन्दको दिनको रूपमा मनाउन र एक-आपसमा भोजनको सौगात पठाऊन् र गरिबहरूलाई उपहार देऊन् भनेर तिनीहरूलाई पत्र लेखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 आफ्ना शत्रुहरूदेखि विश्राम पाएका समयझैँ र तिनीहरूका निम्ति शोकबाट हर्ष र विलापबाट उत्सवमा परिवर्तन भएको महिनाझैँ मनाउनलाई स्थापित गरे। तिनीहरूले ती दिन चाड़ र हर्ष, एक-अर्कालाई खानेकुराको सौगात पठाउने र गरीबहरूलाई उपहार दिने दिनझैँ मनाउनुपर्छ भनी उनले लेखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 ती दिनमा यहूदीहरूले आफ्ना शत्रुहरू नाश पारेका थिए, यही महिनालाई तिनीहरूले एउटा शोक र निराशाको समयबाट हर्ष र आनन्दित समयमा परिवर्तन गरेका थिए। ती दिन तिमीहरूले भोज खानू, उत्सव मनाउनू र गरीबहरूलाई आपसमा पनि खानेकुराका उपहार बाँड्नू भनी लेखिएको थियो। Viz kapitolaपवित्र बाइबल22 यी विदाहरूलाई त्यो दिन विदाको रूपमा अलग गरियो जब यहूदीहरूले आफ्ना शत्रुहरूबाट विश्रामपाए, त्यो महीना तिनीहरूको शोकबाट खुशीको समारोहमा परिवर्त्तन भयो अनि त्यो दिन तिनीहरूको रूवाई खुशीयालीको दिनमा परिर्वतनभयो। यी दिनहरूलाई भोज अनि समारोहको दिन, उपहार आदन-प्रदान गर्ने दिन, अनि गरीबहरूलाई दान गर्ने दिन तुल्यउन अलग गरियो। Viz kapitola |