एस्तर 9:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 अदार भनिने बाह्रौँ महिनाको तेह्रौँ दिनमा, राजाले दिएको आदेश पालन गरिनुपर्नेथियो। त्यस दिन यहूदीहरूका शत्रुहरूले यहूदीहरूलाई जित्ने आशा राखेका थिए। तर त्यसको ठिक विपरीत यहूदीहरूले आफ्ना शत्रुहरूमाथि विजय पाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 बाह्रौँ महिना, अर्थात् अदार महिनाको तेह्रौँ दिनमा राजाको उर्दी पूरा गरिने दिन आइपुग्यो। त्यही दिन यहूदीहरूका शत्रुहरूले तिनीहरूलाई आफ्नो अधीनमा पार्ने आशा गरेका थिए। तर त्यसको विपरीत तिनीहरूलाई घृणा गर्नेहरूलाई यहूदीहरूले अधीन गर्ने दिन भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 अदार महिनाको तेह्रौँ दिन आइपुग्यो। त्यो दिन राजाको उर्दी लागू हुनेथियो। त्यही दिन यहूदीहरूका शत्रुहरूले तिनीहरूलाई आफ्ना वशमा लिने आशा गरेका थिए। तर त्यसका सट्टामा यहूदीहरू आफ्ना शत्रुहरूमाथि विजयी भए। Viz kapitolaपवित्र बाइबल1 बाह्रौ महीना (अर्थात आदरको महीना) को तेह्रौ दिनमा राजाको आदेश कार्यान्विन् गर्ने दिन आइपुग्यो त्यसदिन तिनीहरूमाथि यहूदीका शत्रुहरूले प्रभुत्व हासिल गर्ने दिनथियो, त्यसलाई उल्टाइयो जब यहूदीहरूले आफूलाई विरोध गर्नेहरू माथि प्रभुत्व हाँसिल गरे। Viz kapitola |