एस्तर 8:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 प्रत्येक प्रान्त र प्रत्येक सहरमा जहाँ-जहाँ राजाको उर्दी पुग्यो, त्यहाँ-त्यहाँ यहूदीहरूको बीचमा आनन्द र हर्षको साथमा भोज र उत्सव मनाइयो। अनि अरू जातिका मानिसहरूमा यहूदीहरूको डर पसेको कारण धेरै मानिसहरू यहूदी भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 उर्दी पुगेको, राजाको हरेक प्रान्त र हरेक सहरमा यहूदीहरूका निम्ति आनन्द र हर्ष, भोज र उत्सवको दिन भयो। अनि अरू जातिका धेरै मानिसहरू यहूदी भए, किनभने यहूदीहरूको डर तिनीहरूमाथि परेको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 प्रत्येक सहर र प्रान्तमा, जहाँ-जहाँ राजाको उर्दी पढिएको थियो, यहूदीहरूले आनन्दसाथ उत्सव मनाए र भोज खाए। जसको कारणले यहूदीहरूसित डराएर धेरै अरू जातिका मानिसहरू पनि यहूदी भए। Viz kapitolaपवित्र बाइबल17 अनि हरेक प्रदेशमा, हरेक शहरमा, अनि हरेक स्थानमा जहाँ राजाका आदेश अनि व्यवस्था सुनिए यहूदीहरूका निम्ति आनन्द मनाए अनि एक भोजको आयोजना गरी विदा गरे। अनि त्यो भूमिका हरेक मानिसहरू यहूदी हुनथाले किनभने यहूदीहरूको डर तिनीहरूमाथि परेको थियो। Viz kapitola |