एस्तर 8:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 राजाको यस उर्दीले प्रत्येक सहरमा भएका यहूदीहरू भेला भएर, आफ्नो सुरक्षा गर्ने अधिकार दिएको थियो। तिनीहरू आफ्ना स्त्री र छोराछोरीहरूलाई आक्रमण गर्न आउने कुनै पनि जाति वा प्रान्तका हतियारधारी दलहरूलाई नाश गर्ने, मार्ने, विनाश गर्ने र तिनीहरूका शत्रुहरूका सम्पत्ति लुट्ने अनुमति दिएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यस राजउर्दीमा राजाले हरेक सहरमा यहूदीहरूलाई सङ्गठित भएर आफ्नो रक्षा गर्न, र तिनीहरूलाई आक्रमण गर्ने कुनै पनि जाति वा प्रान्तका सशस्त्र सेनाहरू जसले तिनीहरूका स्त्रीहरू र बालकहरूसमेत आक्रमण गर्छन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 हरेक सहरमा आफ्नो बचाउको निम्ति यहूदीहरू सङ्गठित हुन सक्छन् र त्यसो गर्न राजाको अनुमति छ भनी ती चिठीमा लेखिएका थिए। कुनै प्रान्तमा कुनै जातिका मानिसहरूले हात-हतियार लिएर यहूदीहरू तिनीहरूका स्वास्नीहरू, छोरा-छोरीहरूमाथि हमला गर्नेलाई यहूदीहरूले तिनीहरूको सामनामा लडाइँ गर्न र मार्न सक्नेछन् अनि तिनीहरू एक-एकलाई नाश पारी तिनका जग्गा-जमिन, धन-सम्पत्ति लिन पाउनेछन् भन्ने पनि लेखिएको थियो। Viz kapitolaपवित्र बाइबल11 राजाले हरेक शहरमा भएका यहूदीहरूका निम्ति जे अनुमति दिए मोर्दकैले त्यही लेखे। यहूदीहरूको साथ भेला हुने अनि आफ्नो जीवनको रक्षा गर्ने। जसले तिनीहरूलाई, तिनीहरूका केटा-केटीहरू अनि तिनीहरूका पत्निहरू लाई आक्रमण गर्ने कुनै पनि मानिस वा प्रदेशका कुनै पनि सैनिकलाई नष्टगर्ने, अनि नाम निशान मेटाइदिने अनुमति दिए राजाले तिनीहरूका शत्रुका सामान लुट्ने तिनीहरूलाई अनुमति दिए। Viz kapitola |