एस्तर 4:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब एस्तरले आफ्नो रेखदेख गर्ने राजाको नपुंसक हताकलाई बोलाउन पठाइन्; अनि मोर्दकैलाई किन र के कारणले दुःखी बनायो, सो पत्ता लगाउन भनी आज्ञा दिइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तब एस्तरले आफ्नो सेवामा खटाइएको राजाको एक नपुंसक हताकलाई बोलाइपठाएर मोर्दकैलाई के दु:ख पर्यो र किन त्यसो गरेको भनी मोर्दकैसित सोध्न हुकुम गरी पठाइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 मोर्दकैकहाँ गई के कुरा र के कारणले यस्तो भइरहेको छ, सो बुझी आउन तिनले एउटा नपुंसक चाकर हताकलाई पठाइन्। हताकचाहिँ महलका नपुंसकहरूमध्येबाट राजाद्वारा एस्तरको चाकर हुन खटाइएको व्यक्ति थियो। Viz kapitolaपवित्र बाइबल5 तब एस्तरलले राज-नपुंसक हताकलाई बोलाइन्, जसलाई राजाले तिनको सेवामा नियुक्त गरेका थिए, अनि एस्तरले उसलाई मोर्दकै कहाँ के हुँदैछ भनि बुझ्नेको निम्ति पठाईन्। Viz kapitola |