Online Bible

- Reklamy -




एस्‍तर 3:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तब हामानले राजा अहासूरसलाई भने, “तपाईंको राज्यका समस्त प्रान्तहरूमा धेरै जाति-जातिको बीचमा फैलिएर बसेको एउटा विशेष जाति छ; तिनीहरू आफैँलाई अरू जातिबाट अलग राख्छन्। तिनीहरूका रीतिहरू अरू जातिहरूका भन्दा फरक छन्; तर तिनीहरूले राजाका आज्ञापालन गर्दैनन्। यसकारण तिनीहरूलाई सहानुभूति देखाउनु राजाको हितमा छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तब हामानले राजा अहासूरसलाई भने, “हजूरको राज्‍यका समस्‍त प्रान्‍तमा धेरै मानिसहरूका बीचमा फैलिएको एउटा जाति छ। तिनीहरू अलग्‍गै बस्‍छन्‌। तिनीहरूका रीतिरिवाजहरू अरू सबै जातिका भन्‍दा बेग्‍लै छन्‌। तिनीहरूले हजूरका ऐन-कानुन पालन गर्दैनन्‌। हजूरले तिनीहरूलाई सहानुभूति देखाउनु उचित छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 राजालाई हामानले भने, “हजुरका राज्‍यभरि एउटा विशेष जातिका मानिसहरू फैलिएर बसेका छन्। तिनीहरू हरेक प्रान्‍तमा पाइन्‍छन्। तिनीहरूले अरू जातिले भन्दा भिन्‍नै रीतिथितिहरू पालन गर्छन्, त्‍यसभन्दा बढी तिनीहरू राज्‍यका ऐन-कानुनसमेत पालन गर्दैनन्। तिनीहरूलाई रहन दिनु हजुरको हितमा हुनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 अनि हामानले राजालाई भने, “तपाईंको राज्यको प्रत्येक प्रान्तमा मानिसहरू माझ एक थरिका मानिसहरू छरिएका अनि छुट्टीएका छन्। अनि तिनीहरूको दस्तुर सबै मानिसहरूको दस्तुर भन्दा भिन्नैछ। तिनीहरू राजाको नियमहरू मान्दैनन्, राजालाई त्यो कुरा अशैय भयो।

Viz kapitola kopírovat




एस्‍तर 3:8

Následuj nás:

Reklamy


Reklamy