एस्तर 3:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 अदार भनिने बाह्रौँ महिनाको तेह्रौँ दिनमा राजाका सबै प्रान्तहरूमा सन्देशवाहकद्वारा उर्दी पत्रहरू पठाइयो। ती पत्रहरूमा एकै दिनमा सारा यहूदीहरू, जवान र वृद्ध, स्त्री र केटाकेटीहरूलाई नाश गर्नू, मार्नू र नामनिशानै मेटिदिनु; अनि तिनीहरूका धनसम्पत्तिहरू लुट्नू भन्ने हुकुम गरिएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 यसरी अदार भन्ने बाह्रौँ महिनाको तेह्रौँ दिनमा समस्त यहूदीहरूलाई, जवान, बूढ़ा, स्त्री, बाल-बालिकाहरू सबैलाई नाश गर्ने, मार्ने र तिनीहरूको नाउँनिशानै मेटिदिने अनि तिनीहरूका सम्पत्ति लुट्ने हुकुम राज्यका सारा प्रान्तहरूमा राजकीय दूतहरूद्वारा पठाइयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 उर्दी-पत्र लिई हुलाकीहरू राज्यका हरेक प्रान्तमा गए। त्यसमा यही आदेश थियो, “अदार भनिने महिनाको तेह्रौँ दिनमा सबै यहूदीहरूलाई; युवा, बुढा, आइमाई र केटा-केटीहरू सबैलाई एकै दिनमा मार्नू। केही दया नदेखाई तिनीहरूलाई मार्नू र तिनीहरूका सम्पत्ति जफत गर्नू। Viz kapitolaपवित्र बाइबल13 अनि राजाका दुतहरूद्वारा सबै आदेशहरू राज्य प्रदेशहरूमा पठाइयो कि सबै यहूदीहरू जवान अनि वृद्ध, केटाकेटी अनि स्त्रीहरूलाई बाह्रौ महीना, अदारको महीनाको तेह्रौ दिनमा आज्ञा गरियोस् अनि एकै दिनमा मारियोस् र नाम निशान मेट्टाइयोस्। अनि तिनीहरूका सर-सामानहरूलाई युद्धमा नास गरियोस्। Viz kapitola |