Online Bible

- Reklamy -




एस्‍तर 2:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 मोर्दकैकी हदस्सा नाम भएकी एउटी बहिनी थिइन्। तिनका बुबाआमा कोही पनि थिएनन्। यसकारण मोर्दकैले नै तिनलाई हुर्काएका थिए। मोर्दकैले तिनका बुबाआमाको मृत्युपछि तिनलाई आफ्नी छोरीझैँ धर्म-पुत्री बनाएर राखेका थिए। तिनलाई एस्तर नामले पनि चिनिन्थ्यो; तिनी एउटी राम्रो जीउडाल भएकी सुन्दरी थिइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 मोर्दकैले आफ्‍ना काकाकी छोरी हदस्‍सा, अर्थात्‌ एस्‍तरलाई धर्मपुत्री बनाएका थिए। एस्‍तरका माता-पिता थिएनन्‌। तिनी राम्री र सुन्‍दरी थिइन्‌। तिनका माता-पिताको मृत्‍युपछि मोर्दकैले तिनलाई आफ्‍नै छोरीजस्‍तै गरी पालेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 उनका काकाकी छोरी एस्‍तर तिनीसित थिइन्। एस्‍तरको हिब्रू नाम हदस्‍सा थियो। तिनी एउटी राम्रो जिउ-डाल भएकी सुन्‍दरी स्‍त्री थिइन्। तिनका आमा-बुबा मरेपछि मोर्दकैले तिनलाई धर्म-पुत्री बनाई आफ्‍नै छोरीजस्‍तै गरी हुर्काएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 मोर्दकैकी एकजना भतिजी थिई जसको नाउँ हदस्सा थियो। उसको आमा-बाबु मरिसकेका थिए। मोर्दकैले उसलाई धर्म-पुत्रीको रूपमा ग्रहण गरेको थियो। हदस्सालाई एस्तर पनि भन्निथ्यो। एस्तरको शारीरिक गठन अनि अनुहार सुन्दर थियो।

Viz kapitola kopírovat




एस्‍तर 2:7

Následuj nás:

Reklamy


Reklamy