एस्तर 1:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 राजाले हरेक मानिस आफ्नो घरको मालिक हुनुपर्छ भन्ने आदेश आफ्नो राज्यका सबै राजकीय प्रान्तहरूमा पठाए। अनि प्रत्येक प्रान्तमा तिनीहरूका आ-आफ्नै लिपिअनुसार र हरेक जातिका आ-आफ्नै भाषाअनुसार आज्ञा-पत्रहरू पठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तब हरेक मानिस आफ्नो घरको मालिक भएर आफ्नो सबै परिवारमाथि अधिकार चलाओस् भनेर राज्यको चारैतिर हरेक प्रदेशमा आ-आफ्नो लिपिबमोजिम र हरेक जातिलाई आ-आफ्नो भाषामा पत्रहरू पठाइए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 हरेक लोग्ने मानिस आफ्नो घरको मालिक हुनेछ र उसको आज्ञा घरका सबैले मान्नुपर्नेछ भनी राजाले हरेक प्रान्तमा त्यस प्रान्तकै भाषा र लिपिमा लेखेर आफ्ना आज्ञा पठाए। Viz kapitolaपवित्र बाइबल22 अनि राजाले समस्त प्रदेशहरूलाई तिनीहरूको भाषा र तिनीहरूको बोलि अनुसार व्यक्ति-व्यक्तिलाई उसको घरको शासक हुनलाई, तिनीहरूलाई आफ्ना मानिसहरू कै भाषामा जाहेरगरेर पत्रहरू पठाए। Viz kapitola |